सिन्धुपाल्चोक । रीड नेपालको आयोजना र मेलम्ची नगरपालिकाको समन्वयमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि ३ दिने तालिम आइतबार सम्पन्न भएको छ ।
रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिका-१० का अध्यक्ष अमृत खनाल, मेलम्ची नगरपालिका – वडा नम्बर १३ का सदस्य उद्दवप्रसाद ढुंगाना, प्रतिमा धिताल, अन्जना कार्कि, सुदिनराज बुढाथोकिको उपस्थिति रहेको थियो ।
पहिलो दिन खोज र उद्दार तथा दोश्रो र तेस्रो दिन प्राथमिक उपचार र चिकित्सकिय सहयोग सम्बन्धि सैद्धान्तिक र प्रयोगात्मक तालिम गरिएको थियो।
जति छिटो उद्दार गर्न सक्यो उति मानवीय क्षति कम हुने , सुरक्षाकर्मीले मात्र नसक्दा विपद्मा समुदायका ब्यक्तिले पनि तालिम लिदाँ खोज उद्दारमा सहयोग पुग्ने गरि प्रयोगात्मक गरिएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिका-१० का अध्यक्ष अमृत खनालले तालिममा सिकेका सिपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । उहाँले रीड नेपालले विपद् , शिक्षा र अन्य क्षेत्रमा गरेको कार्यको प्रसंशा गर्दै विपदमा परेका व्यक्तिहरुको खोज तथा उद्दार र प्राथमिक उपचार कसरी गर्ने भन्ने बिषयमा तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका – वडा नम्बर १३ का सदस्य उद्दवप्रसाद ढुंगाना, नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य राजेन्द्रमान ताल्चाभँडेल लगायतले विपद् सम्बन्धि तालिमले समुदायमा सघाउ पुग्ने बिश्वास व्यक्त गरेका थिए ।
रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले विश्व जलवायु परिवर्तनका कारणले विश्वनै विपदको जोखिममा रहेको र यसबाट हुन् सक्ने क्षेतिको बारेमा कोहि कसैलाई पनि जानकारी नभएको बताउनुभयो।
उँहाका अनुसार नेपालको सन्दर्भमा विगत केहि वर्ष यता सिन्धुपाल्चोक जिल्लाले बाढी र पहिरोको समस्याले गर्दा धेरै विपद भोग्दै आएको बत़ाए । यस्ता विपदहरुबाट आफु, परिवार र समुदायलाई सुरक्षित राख्न र विपदमा परेका व्यक्तिहरुलाई कसरी उद्दार, खोज र प्राथमिक उपचार गर्ने भन्ने कुरालाई समुदायमा सक्रिय रुपमा लागु गर्न आग्रह गर्नुका साथै संस्थाले गरिरहेको कामको जानकारी गराउँदै संघ- संस्था, स्थानीय समुदाय र सरकार मिलेर मात्र विपद्को सामना गर्न सकिने बताउनुभयो ।
रीड नेपालको आयोजना, नगरपालिकाको समन्वयमा तथा करुणा ट्रष्टको आर्थिक सहयोगमा आयोजित तालिमले प्रकोप प्रभावितहरुलाई प्रकोप प्रभावितहरुलाई स्थानिय स्तरमानै तुरुन्त प्रभावकारी सेवा प्रदान गर्न रेडक्रसका स्वयंसेवक तथा कर्मचारीहरुलाई खोज तथा उद्धार सम्न्धी ज्ञान तथा सिप प्रदान गर्ने, समुदायमा स्तरमा संचालन हुने आधारभूत खोज तथा उद्धार तालिमको लागि प्रशिक्षक तयार गर्ने उदेश्यले तालिम आयोजना गरिएको रीड नेपालका परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो ।
तालिममा नगरपालिका भित्रका वडा नम्बर ४, ६,१०,११,१२ र १३ वडाका ८० जना स्थानियहरुको सहभागिता रहनुका साथै तालिममा प्रशिक्षक भरत प्रसाद कोइराला, उद्द्व अवस्थि र संगीता थापाले तालिमको सहजीकरण गर्नु भएको थियो ।




सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने