काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई ठूला दल मिलेर बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ ।
स्थायी कमिटी बैठकबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले सरकार अहिले उल्टो बाटोमा हिँहिडरहेको जिकिर गरे । उनले विश्व राजनीतिक रंगमञ्च र अन्तराष्ट्रिय जगतबारे सरकार पूरै बेखबर रहेको टिप्पणी गरे ।
पहिलो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति
दोस्रो, पूर्ण समानुपातिक निर्वाचन प्रणाली
तेस्रो, सांसद मन्त्री बनाउन नपाइने, विज्ञलाई बनाउने
चौथो, प्रतिनिधिसभामा ५० प्रतिशत महिला सहभागीता सुनिश्चित हुर्नेपर्ने
यी प्रस्तावबारे आइतबारबाट सुरू हुने केन्द्रीय कमिटीको बैठकबाट निर्णय गराएरै औपचारिकरूपमा यी मुद्दा लिएर जनतामा जाने माओवादीको तयारी छ ।
सापकोटाले भने, ‘पार्टीहरूलाई एकताबद्ध गरेर राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने बेलामा असंलग्न परराष्ट्र नीतिमा प्रतिवद्ध हुने, राष्ट्रियताको मामिलामा दृढतापूर्वक अडान राख्नुपर्ने, शान्ति र अखण्डताको पक्षमा दह्रोसँग उभिनुपर्ने बेलामा परराष्ट्र सम्बन्धको हिसाबले सरकार पूरै असफल भइसक्यो ।’
प्रवक्ता सापकोटाले भने, ‘सरकारमा जानको लागि दुई दलले संविधान संशोधनको कुरा गरेका हुन् । नत्र दुई ठूला दल मिलेर सरकार बनाउने कुरा स्वाभाविक होइन । संविधान संशोधन गरेर स्थायित्व दिने भनिरहेका छन । तर, त्यता उनीहरूको अहिलेसम्म ध्यान गएको छैन ।’
उनले संविधान संशोधन गर्ने भए अग्रगमनको पक्षमा आफूहरू तयार रहेको बताए ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था भए देशमा स्थायित्व हुने प्रवक्ता सापकोटाले दाबी गरे । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा गएपछि अहिलेको अराजकता अन्त्य गर्न सकिने सुनाए ।
निर्वाचन प्रणाली खर्चिलो भएकाले भ्रष्टाचारको स्रोत बनेकाले पूर्ण समानुपातिक प्रणालीमा जानुपर्ने बताए ।
उनले भने, ‘निर्वाचन प्रणालीकै कारणले अहिले भ्रष्टाचार बढेको छ । चुनावमा हुने पैसाको खोलो बग्ने कुरालाई रोक्नको लागि पूर्ण समानुपातिक प्रणालीमा जाने, त्यसो भएपछि पार्टीलाई भोट जान्छ, त्यसरी आएका सांसदहरू नीति निर्माणमा मात्रै केन्द्रित हुने, विज्ञहरूलाई मन्त्री बनाउने व्यवस्था गर्नुपर्छ ।’
सफा नियतले कांग्रेस एमालेले संविधान संशोधन चाहेको भए प्रतिनिधिसभामा महिलाको सहभागिता ५० प्रतिशत बनाउनुपर्ने उनको भनाइ छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप