सोलुखुम्बु । स्थानीय स्रोत शिक्षकका लागि समावेसी शिक्षासम्बन्धी ४ दिने क्षमता अभिवृद्धि तालिम सोलुखुम्बुको सल्लेरीमा आजबाट सुरु भएको छ ।
रीड नेपालको आयोजना, नगरपालिका र गाउँपालिकाको समन्वयमा तथा अस्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
सोलुखुम्बुका सात ओटा स्थानीय तहका २१ जना स्थानीय स्रोत शिक्षक र बझाङको खप्तड छान्ना गाउँपालिकाका ११ जना स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङले गर्नु भएको हो । कार्यक्रममा बोल्दै उपमेयर तामाङले समावेसी शिक्षा आजको आवश्यकता भएको बताउदै महत्त्वपूर्ण तालिमको आयोजनाका लागि रीड नेपाललाई धन्यवाद दिनुभयो ।
उँहाले शिक्षा विकासको मेरुदण्ड भएकोले आफ्नो मुख्यध्यान शिक्षा क्षेत्रमा रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुन्यराज डंगोलले सोलुखुम्बुमा शिक्षा क्षेत्रमा राम्रो सुधार भएको बताउदै यसको श्रेय रीडलाई जाने बताए । त्यस्तै नगरपालिका शिक्षा शाखा प्रमुख सन्तोस राउतले रीडको तालिम आफूले पनि पटक पटक लिएको बताउदै तालिम निकै प्रभावकारी हुने बताउनु भयो ।
अतिथिहरुले तालिम सफलताको शुभकामना दिनु भएको थियो ।
तालिममा सहभागी हरुलाई स्वागत तथा तालिमको उद्देश्य माथि प्रकास पार्दै रीड नेपालका शिक्षा विकास सयोजक केशवदेव गिरीले तालिमको मूख्य उद्देश्य समावेसी शिक्षालाई बढवा दिने उद्देश्य रहेको बताउनुका साथै शिक्षण सिकाइ क्रियाकलापमा समावेसीतालाई मूख्य ध्यान दिने बताउदै विभिन्न अवरोध भएता पनि हामीले चाहेको खण्डमा त्यस्ता अवरोधहरु कम गर्नसकिने हुदा शिक्षकलाई समावेसी शिक्षाको राम्रो ज्ञान हुनुपर्ने बत़ाउनु भयो ।
तालिमको सहजीकरण रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक पदम महर, शिक्षा विकास संयोजक केशव देव गिरी, सम्वृद्धि खप्तड छान्ना शिक्षा तथा स्वास्थ्य सुधार परियोजनाका प्रबन्धक देवराज खत्री र रीड नेपालका प्रशिक्षकहरुले सहजीकरण गरिरहनु भएको रीड नेपालका शिक्षा विकास सयोजक केशवदेव गिरीले जानकारी दिए ।
उक्त ४ दिनको तालिम बिचमा बझांग र सोलुका शिक्षक बीच अनुभव साटासाट तथा केही विद्यालय अवलोकन र भ्रमण गर्ने समेत आयोजक रीड नेपालले जनाएको छ ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत