काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज बुधबार आफ्ना भावी योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै छन् ।
कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे पत्रकार सम्मेलनमा जानकारी दिने रावलले बताएका छन् । एमालेले पार्टीबाट निकालेपछि उनले आज पहिलो पटक आधिकारिक रूपमा आफ्नो धारणा राख्ने भएका हुन् ।
रावलले नयाँ पार्टी खोल्ने तयारीका लागि छलफल पनि अगाडि बढाइरहेको रावल निकट नेताहरू बताउँछन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै