काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरादरबारको जग्गा सरकारको नाममा ल्याउन चुनौती दिएका छन् ।
प्रचण्डले भने: झण्डै १२–१५ वर्षअघि आफ्नो पार्टी छाडेका व्यक्तिको नाम जोडेर गलत प्रचार भइरहेको बताए ।
पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको छ ।
सीआईबीले चार महिना लामो अनुसन्धानपछि नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।
त्यसपछि आफ्नो पार्टीको नाम जोडेर झुटा प्रचार भएको भन्दै प्रचण्डले आपत्ति जनाएका हुन् ।
‘हाम्रो पार्टीबाट झण्डै १२–१५ वर्षअघि पार्टी छाडिसकेका मान्छेको जग्गाको विषयलाई लिएर माओवादीसँग बसेको मान्छेको जग्गा हो यो भनेर ल्याइएको छ । यो भन्दा लाजमर्दो कुरा अरु हुनै सक्दैन,’ प्रचण्डले भने, ‘यदी भ्रष्टाचार र बेथितिको मुद्दामा हाम्रै पार्टीका नेता देखिए म छुट दिने पक्षमा छैन ।’
उनले सरकारलाई चुनौती दिँदै सरकारको जग्गा हो भने तुरुन्तै फिर्ता ल्याउन पनि भनेका छन् ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?