काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातका कारण गएराति निधन भएको छ । हृदयघात भएपछि ७१ वर्षीय वस्तीलाई उपचारका लागि शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो ।
लामो समय सरकारी वकिल भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेका वस्ती २०६५ भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । पछि पदावधि नथपिएपछि उनी २०७० चैत्र २९ गते अस्थायी न्यायाधीशकारुपमै सर्वोच्च अदालतबाट अवकाश भएका थिए ।
अख्तियारमा हुँदा थुप्रै भ्रष्टाचार मुद्दाहरूमा अभियोजन गरेर चर्चा कमाएका उनले २०६४ सालमा विकृतिविहीन न्यायपालिका स्थापना गर्ने भन्दै गठित समितिमा सक्रिय भूमिका खेलेका थिए । उनकै जोडबलमा उक्त समितिले अदालतभित्र र बाहिर विचौलियाहरू हाबी रहेको प्रतिवेदन दिएको थियो ।
सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरे । पछिल्लो समय पनि उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा सक्रिय थिए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै