काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातका कारण गएराति निधन भएको छ । हृदयघात भएपछि ७१ वर्षीय वस्तीलाई उपचारका लागि शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो ।
लामो समय सरकारी वकिल भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेका वस्ती २०६५ भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । पछि पदावधि नथपिएपछि उनी २०७० चैत्र २९ गते अस्थायी न्यायाधीशकारुपमै सर्वोच्च अदालतबाट अवकाश भएका थिए ।
अख्तियारमा हुँदा थुप्रै भ्रष्टाचार मुद्दाहरूमा अभियोजन गरेर चर्चा कमाएका उनले २०६४ सालमा विकृतिविहीन न्यायपालिका स्थापना गर्ने भन्दै गठित समितिमा सक्रिय भूमिका खेलेका थिए । उनकै जोडबलमा उक्त समितिले अदालतभित्र र बाहिर विचौलियाहरू हाबी रहेको प्रतिवेदन दिएको थियो ।
सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरे । पछिल्लो समय पनि उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा सक्रिय थिए ।



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो