धादिङमा माइक्रोबस दुर्घटना, १६ जना घाइते



धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरीले जनाएको छ । गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीलोकमार्गमा माइक्रोबस दुर्घटना भएको हो । घाइतेहरूको अम्बेभरोसा अस्पताल गल्छीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनापछि सडकमा कुनै अवरोध भएको छैन ।

घाइते हुनेहरूमा तनहुँको रिसिङ गाउँपालिका–४ का २६ वर्षीय नन्दबहादुर मगर, चितवनको भरतपुर महानगरपालिका–४ का ५६ वर्षीय भिमा भट्टराई, चितवनको माडि बस्ने ४५ वर्षीय सिता सेञ्चुरी, नवलपुरको देवचुली नगरपालिका–१७ का २० वर्षीय मौसम पौडेल, लमजुङको दुधपोखरी गाउँपालिका–६ का ३५ वर्षीय बिन्दु गुरुङ, भक्तपुरको सुर्यविनायक नगरपालिका–१ ३२ वर्षीय श्रीकृष्ण श्रेष्ठ, महोतरीको जलेश्वर नगरपालिका–११ का २६ वर्षीय राम जानकारी पाण्डे, चितवनको रत्ननगर नगरपालिका–१२ का ३१ वर्षीय सुवास घिमिरे, मकवानपुरको थाहा नगरपालिका–५ का २२ वर्षीय सञ्जय तामाङ, पूर्व नवलपरासीको देवचुली नगरपालिका–१७ का ४२ वर्षीय उषादेवी पौडेल, चितवनको भरतपुर महानगरपालिका–६ का ५० वर्षीय राम कुमार रिजाल, तनहुँको बन्दिपुर गाउँपालिका–४ का ५२ वर्षीय मधुमाया मगर, गोरखाको देउराली बस्ने २९ वर्षीय सञ्जय बाठा मगर, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२४ का ४८ वर्षीय गोपाल रावत, चितवनको राप्ती बस्ने ३५ वर्षीय चन्द्र माया लामा र पूर्व नवलपरासीको गैंडाकोट बस्ने २७ वर्षीय सुरेन्द्र थापा रहेका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.