रीड नेपालद्धारा जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ती प्रदान



ताप्लेजुङ । विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई रीड नेपालद्धारा जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ती प्रदान गरेको छ । ताप्लेजुङ  जिल्लाको ग्रामीण, दुर्गम क्षेत्रका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन छात्रवृत्ति पाएका हुन् ।

जिल्लाको सिरीजङ्घा र फक्ताङलुङ गाउपालिकामा शिक्षा क्षेत्रमा काम गरिरहेको गैर सरकारी संस्था ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)ले परियोजना क्षेत्र भित्रका शैक्षिक–सत्र २०८१ मा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति प्रदान गरको हो ।

विविन्न संकायमा अध्ययनरत ७ जना विद्यार्थीलाई रु.७,६८,००० छात्रवृत्ति रकम वितरण गरीएको छ । जसमा: तिन वर्षे प्राविधिक तर्फ सिरीजङ्घा गाउपालीका–८, याम्फुदीनकी सृष्टी राई र फक्ताङलुङ गाउपालिका–५, हेल्लोकका अर्जुन लिम्बुले छात्रवृत्ती प्राप्त गरेका छन् भने दुई वर्षे विज्ञान संकाय तर्फ फक्ताङलुङ गाउपालिका–६, लेलेपकी निस्मा शेर्पा र सिरीजङ्घा गाउपालीका–७, खेवाङकी पेटिसा दाहालले छात्रवृत्ती पाएकी हुन्।

दुई वर्षे शिक्षा–मानविकी–व्यवस्थापन संकाय तर्फ फक्ताङलुङ गाउपालिका–४, इखाबुकी बन्दना लिम्बु, फक्ताङलुङ गाउपालिका–४, इखाबुकी सोनी लिम्बु र सिरीजङ्घा गाउपालीका–६, मामाङखेकी वृन्द्रा लिम्बु माबोले उच्च शिक्षा छात्रवृत्ती पाउन सफल भएका छन ।

विश्वको तेस्रो ठुलो कञ्चनजंघा (८५८६ मि.) हिमाल को पहिलो आरोही जर्ज बैण्डैको सम्झनामा स्थापना गरिएको उच्च शिक्षा छात्रवृत्ति बाट हाल सम्म ९४ जना विद्यार्थीहरु लाभान्वीत भइसकेका छन् भने रीड नेपालले १२ वर्ष देखी उच्च शिक्षा छात्रवृत्ति निरन्तर वितरण गरि करीव ८२ लाख २४ हजार ५६ रुपया बराबरको योगदान रकम स्थानिय विद्यार्थीहरुलाई उपलब्ध गराइसकेको छ ।

भौगोलिक हिसावले परियोजना कार्यक्षेत्र ग्रामीण तथा दुर्गम भएता पनि रीड नेपालले विगत १६ वर्ष देखी निरन्तर गुणस्तरिय शिक्षाका लागि कार्य गर्दै आइरहेको छ ।

हिमालयन ट्रष्ट युके को आर्थिक सहयोग, शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङ र सिरीजंघा तथा फक्ताङलुङ गाउपालिको समन्वयमा रीड नेपालले शिक्षक तालिम, उच्च शिक्षा छात्रवृत्ति, शैक्षिक सामाग्री सहयोग, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापन, पिउने पानी तथा शौचालय निर्माण साथै विद्यालय भवन निर्माण कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । २०८१ मंसिर २९ गते उच्च शिक्षा छात्रवृत्तिका आवश्यक पक्रिया तथा मापदण्ड पुरागरी शैक्षिक–सत्र २०८१ को लागि छात्रवृत्ति वितरण गरिएको रीड नेपालका प्रबन्धक राजेन्द्र प्रसाद पन्तले जानकारी दिनु भयो ।

छात्रवृत्ति पाउन सफल हुने विद्यार्थीहरुसंग उच्च शिक्षा अध्ययनलाई निरन्तरता दिन र प्राप्त रकमलाई प्रभावकारी रुपमा सदुपयोग गर्न शर्त सहितको लिखित सम्झौता समेत गरिएको छ । विद्यार्थीहरुलाई शैक्षिक प्रगतीको आधारमा थप योगदान दिने योजना सहित रीड नेपालले छात्रवृत्ति पाउने विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको क्रममा वा अध्ययन पश्चात सम्बन्धीत विद्यार्थीहरुले आ–आफ्नो क्षेत्रमा रहेका विद्यालय, सरकारी निकाय वा समुदायमा कम्तीमा २ महिना स्वंयमसेवा गर्न समेत अनुरोध गरेको छ ।

विगतमा छात्रवृती प्राप्त गरेका विद्यार्थीहरुको अद्यावधिक अभिलेख समिक्षा गर्दा २–३ वर्षे प्राविधिक धार अध्ययन गरेका अधिकांस विद्यार्थी सरकारी सेवामा आवद्ध रहेका देखिन्छन् ।

यस उच्च शिक्षा छात्रवृत्ती कार्यक्रको समिक्षा अवधिमा सकारात्मक प्रभाव देखिएकोले जिल्लका सरकोकारवाला निकायहरुले छात्रवृत्ती थप कोटा सहित निरन्तर प्रदान गरिदिन रीड नेपाललाई आग्रह गरेका छन ।

ग्रामीण दुर्गम क्षेत्रमा उच्चशिक्षा छात्रवृत्री कोटा थप गर्दै जाने योजना समेत रीड नेपालले तयार गरिरहेको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.