धनगढी । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका-१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्ने गुरुवासहितका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भजनी नगरपालिका-१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेको प्रहरीले जनाएको छ । महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरेको किटानी जाहेरी परेपछि चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।
किटानी जाहेरी दिइएका मध्ये दुई जना फरार रहेकाले उनीहरुको खोजी जारी छ । पक्राउ परेका मध्ये मनोज चौधरी गुरुवा भएको प्रहरीको भनाइ छ ।
यही पुस ४ गते कुटपिटमा परेकी महिलाको धनगढीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै