काठमाडौं । भक्तपुरमा बुवाले छोराको हत्या गरेका छन् । गएराति करिब सवा १० बजे घरायसी विवादको क्रममा दीपबहादुरले तरकारी काट्ने चक्कु छोरामाथि प्रहार गरेका थिए ।
बुवाको चक्कु प्रहारबाट गम्भीर घाइते भएका नरेन्द्रबहादुरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।
अछामको कमलनगर नगरपालिका-६ घर भएका उनीहरु भक्तपुर नगरपालिका-२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए ।
उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । शव पोष्टमार्टमका लागि राति सवा १२ बजे काठमाडौंको मेडिकल कलेज दुवाकोट पठाइएको थियो ।
छोराको हत्यामा संलग्न दीपबहादुरलाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप