काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । प्लेअफका २ खेल सम्पन्न भएपछि फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोज र कर्णाली याक्स बीच खेल पहिलो भैरहेको छ । यो खेलमा जित निकाल्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ ।
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड्दैछन् ।
शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरको विजेता फाइनल पुग्ने छ । भने हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै