काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । प्लेअफका २ खेल सम्पन्न भएपछि फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोज र कर्णाली याक्स बीच खेल पहिलो भैरहेको छ । यो खेलमा जित निकाल्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ ।
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिड्दैछन् ।
शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरको विजेता फाइनल पुग्ने छ । भने हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ ।



सम्वन्धित समाचार
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
बेलायतमा बालबालिकाको मोटोपन नियन्त्रण गर्न जंक फुडका विज्ञापनमा प्रतिबन्ध
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र