बझाङ /बाजुरा । महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड बनाउन आमा समुहका सदस्यले सिकेका छन् ।
विभिन्न कम्पनीका सेनेटरी प्याडहरु बजारमा उपलब्ध हुन्छन् । तर त्यस्ता प्याड सबैको पहुँचमा हुँदैनन् । कुनै-कुनै ठाउँमा प्याड नै पाइँदैन भने कमजोर आर्थिक अवस्थाका कारण कतिपयले खरिद गर्न पनि सक्दैनन् ।
ग्रामिण क्षेत्रमा महिनावारीको समयमा कपडा नै प्रयोग गर्नेहरु धेरै छन् । कपडा प्रयोग गर्दा समस्या मात्रै हुन्न संक्रमणको जोखिम पनि हुने गर्दछ ।
त्यसैलाई ध्यानमा राखेर बझाङको खप्तडछान्ना गाउपालिका र बाजुराको खप्तडछेडेदह गाउपालिकाका आमा समुहले घरेलु प्याड बनाउने तालिम लिएका छन् ।

उक्त तालिम खप्तडछान्ना गाउँपालिका वडा नम्बर ६ र ७ त्यसै गरी खप्तडछेडेदह गाउँपालिका वडा नम्बर १ र २ का ७२ जना आमा समुहका सदस्यलाई दिएको थियो । स–साना कपडाको टुक्राबाट महिनावारी हुँदा प्रयोग गर्न मिल्ने प्याड बनाउन जानेपछि उनीहरु खुसी भएका छन् ।
‘घरेलु प्याड लगाउँदा महिनावारीको समयमा सुरक्षित हुनेबारे तालिममा सहभागी ज्ञानु थापाको भनाइ छ ।’ ‘बजारको प्याड किनेर प्रयोग गर्न पैसा हुन्न, कपडा, सियो, धागो, टाँक, कैची भएपछि घरेलु प्याड बनाउन सकिन्छ,’ थापाले भनिन्, ‘त्यसैले हाम्रो लागि यो प्याड बजारको भन्दा राम्रो छ । इन्फेक्सनबाट पनि जोगाउँछ ।’
कपडाको प्रयोग गरी पुनःप्रयोग गर्न मिल्ने घरेलु प्याड बनाउने तरिका अरुलाई सिकाउने आत्मविश्वास उनीहरुमा देखिन्छ । तालिम पश्चात अन्य आमाहरुलाइ पनि यो प्याड बनाउने बारे सिकाउने सहभागीहरुले बताएका छन् ।
ग्रीनतारा नेपाल र रीड नेपालको सँयुक्त साझेदारीमा सञ्चालित गरीमा परीयोजनाले ७२ जना आमा समुहका सदस्यलाइ चार वटै वडामा एक एक दिने तालिम दिएको थियो ।
आमा समुहले नै माग गरेको आधारमा सेनेटरी प्याड बनाउने तालिम दिइएको गरीमा परीयोजना सँयोजक बिक्रम जोशीले जानकारी दिनुभयो ।



सम्वन्धित समाचार
एमालेले सार्वजनिक गर्यो ११औँ महाधिवेशनको लोगो
२४ वर्षीय ढकाल एमाले महाधिवेशन प्रतिनिधि
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
नेपाली कम्युनिष्ट पार्टीले आज धनगढीमा सभा गर्दै
प्रधानमन्त्री र एमालेका नेताहरूबीच बालुवाटारमा छलफल
एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र लुम्बिनी तथा जनकपुर र पोखरा खेल्दै