काठमाडौँ । सत्तारूढ एमालेले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट लिएको जग्गा दानविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार रिट खारेज गरेसँगै एमाले र मीनबहादुरबीच जग्गा पास गर्ने बाटो खुलेको हो ।
एमालेको पक्षबाट बहस गरेका कानून व्यवसायीहरुले दान, दातब्य, बकसपत्र जस्ता विषयको छिनोफानो सुरु अदालतबाट हुनुपर्ने भन्दै रिटबाट हेर्न नमिल्ने जिकिर गरेका थिए । सोही तर्ककै आधारमा दिने र लिने सहमत भएको विषयमा अन्यथा सरकारी जग्गा वा विवाद नभएको अवस्थामा अदालत प्रवेश गर्न नमिल्ने ठहर भएको बहसमा सहभागी अधिवक्ता राजाराज घिमिरेले बताए ।
ज्ञानबहादुर बस्नेत, दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वाेच्चले तत्काल दान लेनदेन प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।
संयुक्त इजलासले रिट खारेज गरेसँगै अब जग्गा पास तथा भवन निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको घिमिरले बताए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै