काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको पार्टी भएको बताएका छन् ।
राष्ट्रिय कार्यशाला भेलालाई आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले भने, ‘यो राजनीति गर्न बनेको पार्टी होइन, देश बनाउन बनेको पार्टी हो ।’
एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको उल्लेख गरे । देशमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको उनले बताए ।
‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ, मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग खान, लाउन र बाँच्न पाउनुपर्ने उनले बताए ।
‘जनता अधिकार सम्पन्न होउन्, गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्यो, खान–लाउन पाउनुपर्यो । मुख्य अधिकार त त्यो हो नि,’ ओलीले भने, ‘बाँच्न पाउने अधिकार मुख्य कुरा हो ।
त्यसैले जनताले परिवर्तनको अनुभूति पाउने गरी काम गर्न प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै