काठमाडौं । काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा पुगेको छ । निरन्तर घटिरहेको काठमाडौंको न्युनतम तापक्रम आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए । तापक्रम यो वर्षकै सबैभन्दा कम हो ।
शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको हो । सामान्यतया बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो ।
आज शनिबार र भोलि आइतबार मौसम सफा हुने देखिन्छ । काठमाडौं उपत्यकाका खोंचमा र तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ । योबाहेक उल्लेखनीय मौसमी प्रणाली छैन ।
केही दिन पानी पर्ने सम्भावना पनि देखिँदैन । त्यसैले केही दिनयता लगातार न्यूनतम तापक्रममा गिरावट आएर जाडो बढेको छ । केही दिन यस्तो जाडो कायमै रहने पूर्वानुमान शाखाले बत़ाएको छ ।
अघिल्लो साता ७ डिग्री सेल्सियस वरिपरि रहेको न्यूनतम तापक्रम केही दिनमै २ डिग्री सेल्सियसमा पुगेको हो ।
जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । जुम्लामा सबैभन्दा कम-७ मा झरेको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप