काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । केन्द्रीय समितिको आगामी बैठकका एजेण्डाबारे छलफल गर्न बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा माओवादी घटकसँगको एकता प्रक्रिया, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)लाई पार्टीमा दिने जिम्मेवारी, विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन लगायतका विषयमा छलफल हुने एजेण्डा छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २ गतेदेखि सुरु गर्ने तयारी छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै