काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
पोखरा र विराटनगर दुवै टोली पछिल्लो खेलमा हार व्यहोरेर कमब्याकको लक्ष्यसहित आएका छन् । अंकतालिकामा दुवै टोलीको अवस्था समान छ । ४ खेलमा १ जितसहित २ अंक जोडेका छन् । नेटरनरेटमा पोखरा केही अघि छ ।
आजको खेल जित्ने टोली प्लेअफको दौडमा अगाडि रहनेछ भने पराजित हुने टोलीका लागि प्लेअफ यात्रा निकै कठिन बन्ने छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै