मंसिर २५ गते, बाजुरा। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र एमालेबीच गठबन्धन गर्नुको पछाडि राजनीतिक स्थायित्व भएको प्रष्ट पार्नु भएको छ ।
गृह जिल्ला बाजुरा पुग्नु भएका मन्त्री पाण्डेले कार्यालय प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो, पछिल्लो समय कांग्रेस एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो । कांग्रेस एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो ।

उहाँले भन्नुभयो, कांग्रेस एमाले मात्रै होइन, प्रतिपक्षमा रहेका माओवादी,समाजवादी लगायतका सानादलहरुलाई समेटेर एक ठाउँमा लैजानका लागि यो सरकार गठन भएको स्पष्ट गर्नुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो संसदीय दृष्टिकोणले हेर्दा सत्ता र प्रतिपक्षी भए पनि देशको गति दिन, अर्थतन्त्रलाई माथि उकास्ने,राजनीतिक स्थिरता दिन र सुशासनको प्रत्याभूति दिनका लागि पनि हामी सबै एक ठाउँमा हुन जरुरी छ । मन्त्री पाण्डेले अगाडि भन्नुभयो, प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टी सभापति ज्यूको प्रतिवद्धता रहेको छ । देशको सुधारका लागि उहाँहरुको स्पिडमा काम गर्नु पर्ने छ । उहाँले ०८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने समेत बताए ।
उँहाले फरक प्रशंगमा बोल्दै सुचकाङ्कहरुका आधारमा सबैभन्दा गरिबी रहेका पाँच जिल्लामा सरकारले विशेष प्याकेज ल्याएर काम अघि बढाएको समेत बताउनुभया भयो ।
उहाँले पछाडि परेको क्षेत्र, जाती र भूगोलको पक्षमा आफू मन्त्री नहुँदादेखि नै वकालत गरिरहेको समेत प्रष्ट पार्नुभयो ।

कार्यालय प्रमुखहरुलाई कामको प्राथकिता निर्धारण गरेर मात्र काम गर्न समेत निर्देशन दिनुभयो । मन्त्री पाण्डेले बुढीगंगा नगरपालिका र बडिमालिका नगरपालिकाको ज्ञापनपत्र बुझ्दै अन्तरमन्त्रालयबाट हुने कामका लागि समेत समन्वयात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।



सम्वन्धित समाचार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै