मंसिर २५ गते, बाजुरा। संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र एमालेबीच गठबन्धन गर्नुको पछाडि राजनीतिक स्थायित्व भएको प्रष्ट पार्नु भएको छ ।
गृह जिल्ला बाजुरा पुग्नु भएका मन्त्री पाण्डेले कार्यालय प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो, पछिल्लो समय कांग्रेस एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो । कांग्रेस एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो ।
उहाँले भन्नुभयो, कांग्रेस एमाले मात्रै होइन, प्रतिपक्षमा रहेका माओवादी,समाजवादी लगायतका सानादलहरुलाई समेटेर एक ठाउँमा लैजानका लागि यो सरकार गठन भएको स्पष्ट गर्नुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो संसदीय दृष्टिकोणले हेर्दा सत्ता र प्रतिपक्षी भए पनि देशको गति दिन, अर्थतन्त्रलाई माथि उकास्ने,राजनीतिक स्थिरता दिन र सुशासनको प्रत्याभूति दिनका लागि पनि हामी सबै एक ठाउँमा हुन जरुरी छ । मन्त्री पाण्डेले अगाडि भन्नुभयो, प्रधानमन्त्री केपी शर्मा ओली र हाम्रो पार्टी सभापति ज्यूको प्रतिवद्धता रहेको छ । देशको सुधारका लागि उहाँहरुको स्पिडमा काम गर्नु पर्ने छ । उहाँले ०८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने समेत बताए ।
उँहाले फरक प्रशंगमा बोल्दै सुचकाङ्कहरुका आधारमा सबैभन्दा गरिबी रहेका पाँच जिल्लामा सरकारले विशेष प्याकेज ल्याएर काम अघि बढाएको समेत बताउनुभया भयो ।
उहाँले पछाडि परेको क्षेत्र, जाती र भूगोलको पक्षमा आफू मन्त्री नहुँदादेखि नै वकालत गरिरहेको समेत प्रष्ट पार्नुभयो ।
कार्यालय प्रमुखहरुलाई कामको प्राथकिता निर्धारण गरेर मात्र काम गर्न समेत निर्देशन दिनुभयो । मन्त्री पाण्डेले बुढीगंगा नगरपालिका र बडिमालिका नगरपालिकाको ज्ञापनपत्र बुझ्दै अन्तरमन्त्रालयबाट हुने कामका लागि समेत समन्वयात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
सम्वन्धित समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र