काठमाडौं । नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्कमा सम्झौतामा भएको छ । बेइजिङमा आयोजिक एक समारोहमा परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई र चीनका नेसनल डेभलपमेन्ट उन्ड विकास रिफर्म कमिसनका उपाध्इक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् ।
लामो समयदेखि चर्चा र बहसमा रहे तापनि बीआरआई सम्झौतामा ठोस प्रगति हुन सकेको थिएन । नेपालमा परियोजनाको भविष्यमाथि समेत प्रश्न उठ्न थालेको थियो । दुवै पक्ष बीआरआईको फ्रेमवर्कमा सहमत भएसँगै अन्योल चिरिएको छ । बीआरआई सहकार्य अन्तर्गत नेपालले १० वटा परियोजना अघि सारेको स्रोतले जानकारी दियो ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा अमरगढी सिटी हल र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना पनि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा परेका छन् ।
बीआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू यस्ता छन्
१. टोखा–छहरे सुरुङमार्ग
२. हिल्सा–सिमकोट सडक परियोजना
३. किमाथांका–खाँदबारी सडक र पुल
५. डडेलधुरास्थित अमरगढी सिटी हल
६. जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
७. मदन भण्डारी विश्वविद्यालय
८. काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम,
९. दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क
१०. झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप