काठमाडौं । नेकपा माओवादी केन्द्रले गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डसहित १८ जनालाई ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान गरेको छ ।
गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संस्थाको तर्फबाट र अन्यलाई प्रचण्डको हातबाट ताम्रपत्र, पदक र दोसल्ला सहित सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा तत्कालीन चार डेपुटी कमाण्डरहरु तथा शहीद, बेपत्ता परिवार र घाइते अपाङ्गहरु छन् । माओवादी जनयुद्धमा योगदान पुर्याएकाहरुलाई सम्मान गर्ने उद्देश्यले सरल सहयात्री पौडेलको अध्यक्षतामा ‘गणतन्त्र सेनानी कोष’ बनाइएको छ । कोषले आज पहिलोपटक सम्मान कार्यक्रम गरेको हो ।
‘आज गणतन्त्र सेनानी सम्मानको उद्घाटन हो’ सरल सहयात्रीले भने, ‘सुरुमा पार्टी अध्यक्ष प्रचण्ड, चार जना डेपुटी कमाण्डर र शहीद तथा बेपत्ता परिवार एवं घाइते अपाङ्गहरु समेटिने गरी बागमती प्रदेशका १३ जिल्लाबाट एक–एक जनालाई सम्मान गरेका छौं ।’



सम्वन्धित समाचार
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप
च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहिन
इरानी आक्रमणमा परेर दुई अमेरिकी सैनिकको मृत्यु, एकजना बेपत्ता
खहरे खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा