रुकुमपश्चिम । स्थानीय तह उपनिर्वाचनअन्तर्गत रुकुमपश्चिमको सानीभेरी-५ मा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा खत्री ५९० मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत पाएका छन् । उक्त वडामा २०७९ को निर्वाचनमा पनि कांग्रेसले जितेको थियो ।
आइतबार भएको निर्वाचनमा १ हजार १४६ मत खसेको थियो । जसमा १९ मत बदर भएको थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै