रुकुमपश्चिम । स्थानीय तह उपनिर्वाचनअन्तर्गत रुकुमपश्चिमको सानीभेरी-५ मा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा खत्री ५९० मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत पाएका छन् । उक्त वडामा २०७९ को निर्वाचनमा पनि कांग्रेसले जितेको थियो ।
आइतबार भएको निर्वाचनमा १ हजार १४६ मत खसेको थियो । जसमा १९ मत बदर भएको थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप