सोलुखुम्बु । सोताङ गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा ३ दिने शिक्षकको पेशागत विकास तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा पालिका अध्यक्ष खिलाराज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यालय सोताङका प्रमुख नरेन्द्र कुमार श्रेष्ठ प्रहरी निरीक्षक एकनाथ भट्टराई प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई र वडा अध्यक्ष मानवीर राईको क्याम्पस प्रमुख दधीराम धमला वीरेन्द्रज्योति मा. वि. का. प्रधानाध्यापक मोतीराम बस्नेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पालिका प्रमुख बस्नेतले शिक्षकहरुलाई आफ्नो जिम्मेवारीमा प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै शैक्षिक सुधारमा आफ्नो प्रमुख ध्यान रहेको बताउनु भयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न पनि अनुरोध गर्नु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले अंग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धी अझै कम भएकोले उक्त विषयलाई फोकस गरेर तालिम संचालन हुने बताउदै सामाजिक र प्रविधीलाई पनि तालिममा समावेश गरिने बताउनुका साथै तालिमले मार्ग निर्देशन मात्र गर्ने हुदा बाँकी जिम्मेवारी शिक्षकको नै हुने बताउदै सिकाइमा सक्रियतासाथ सहभागी भै व्यवहारमा पनि उतार्न आग्रह गर्नु भयो ।
तालिमामा प्रशासन कार्यालयका प्रमुख प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्षले तालिम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
पालिका भित्रका करिब ५० जना शिक्षकको उपस्थिति रहनुका साथै तालिममा रीड नेपालका विषय विज्ञ अभिषेक विक्रम शाह , अर्पण रेग्मी , बासु वाग्ले र राजीव ढुंगाना ले सहजीकरण गरिरहनु भएको रीड नेपालले जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै