सोलुखुम्बु । सोताङ गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा ३ दिने शिक्षकको पेशागत विकास तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा पालिका अध्यक्ष खिलाराज बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा क्षेत्रीय प्रशासन कार्यालय सोताङका प्रमुख नरेन्द्र कुमार श्रेष्ठ प्रहरी निरीक्षक एकनाथ भट्टराई प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई र वडा अध्यक्ष मानवीर राईको क्याम्पस प्रमुख दधीराम धमला वीरेन्द्रज्योति मा. वि. का. प्रधानाध्यापक मोतीराम बस्नेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पालिका प्रमुख बस्नेतले शिक्षकहरुलाई आफ्नो जिम्मेवारीमा प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै शैक्षिक सुधारमा आफ्नो प्रमुख ध्यान रहेको बताउनु भयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न पनि अनुरोध गर्नु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले अंग्रेजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धी अझै कम भएकोले उक्त विषयलाई फोकस गरेर तालिम संचालन हुने बताउदै सामाजिक र प्रविधीलाई पनि तालिममा समावेश गरिने बताउनुका साथै तालिमले मार्ग निर्देशन मात्र गर्ने हुदा बाँकी जिम्मेवारी शिक्षकको नै हुने बताउदै सिकाइमा सक्रियतासाथ सहभागी भै व्यवहारमा पनि उतार्न आग्रह गर्नु भयो ।
तालिमामा प्रशासन कार्यालयका प्रमुख प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्षले तालिम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
पालिका भित्रका करिब ५० जना शिक्षकको उपस्थिति रहनुका साथै तालिममा रीड नेपालका विषय विज्ञ अभिषेक विक्रम शाह , अर्पण रेग्मी , बासु वाग्ले र राजीव ढुंगाना ले सहजीकरण गरिरहनु भएको रीड नेपालले जनाएको छ ।



सम्वन्धित समाचार
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
रीड नेपालद्वारा शैक्षिक तथा शिक्षण सिकाइ तालिम सुरु
जेनजी आन्दोलनमा भएको भौतिक क्षतिको पुनर्निर्माण गर्न ३६ अर्ब लाग्ने
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी