काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा राष्ट्रपति पौडेललाई भेट्न शनिबार साँझ शीतल निवास पुगेको राष्ट्रपति कार्यलयका एक अधिकारीले जानकारी दिए ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले चीन भ्रमण र नेपालले चीनसँग गर्न लागेको बीआरआई सहकार्य फ्रेमवर्कको सम्झौता र अन्य द्विपक्षीय विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराए ।
साथै, परराष्ट्रमन्त्री राणाले आफ्नो तीन दिने चीन भ्रमण र त्यहाँ चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएका छलफल र कुराकानीको बारेमा जानकारी गराएकी थिइन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार (मंसिर १७) देखि २० सम्म चीनको औपचारिक भ्रमण गर्दै छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै