काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न औपचारिक चीन भ्रमणबारे आज जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा राष्ट्रपति पौडेललाई भेट्न शनिबार साँझ शीतल निवास पुगेको राष्ट्रपति कार्यलयका एक अधिकारीले जानकारी दिए ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले चीन भ्रमण र नेपालले चीनसँग गर्न लागेको बीआरआई सहकार्य फ्रेमवर्कको सम्झौता र अन्य द्विपक्षीय विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराए ।
साथै, परराष्ट्रमन्त्री राणाले आफ्नो तीन दिने चीन भ्रमण र त्यहाँ चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएका छलफल र कुराकानीको बारेमा जानकारी गराएकी थिइन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार (मंसिर १७) देखि २० सम्म चीनको औपचारिक भ्रमण गर्दै छन् ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप