शिक्षकको पेशागत विकासका लागि १० दिने टि.पी.डि तालिम सुरु



बझाङ। शिक्षकको पेशागत विकासका लागि १० दिने टि.पी.डि तालिम आजबाट सुरू भएको छ। खप्तडछान्ना गाउँपालिकाको ईश्वर आधाराभूत विद्यालय घाटखोलामा तालिम संचालन भएको हो ।

रीड नेपालको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र शिक्षा तालिम केन्द्र दिपायलको समन्वय र सहकार्यमा Australian Aid and Australian Himalayan Foundation (अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसन)को आर्थिक सहयोगमा तालिम संचालन भएको छ । पालिका भित्रका आधारभूत तहमा १४ जना कार्यरत स्थायी शिक्षकहरुलाई दोस्रो चरणको टि.पी.डि .मोडल अनुसार तालिम संचालन भएको हो ।

उक्त तालिमको उद्घाटन रीड नेपालका कार्यक्रम प्रवन्धक देबराज खत्रीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष विष्णु कुमार थापाको प्रमुख अतिथ्यतामा र पालिका पुर्ब अध्यक्ष बर्क बहादुर रोकाया, वडा अध्यक्ष ईश्वर बहादुर रोकाया र निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज जोशीको उपस्थितिमा भएको थियोे ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा पालिका उपाध्यक्ष थापाले रीड  नेपालको शैक्षिक क्षेत्रमा महत्त्वपुर्ण योगदान रहेको र यस्तो प्रकारको तालिम शिक्षा तालिम केन्द्रले कोटा सिस्टममा संचालन गर्ने गरेको तर रीड नेपालले समन्वय गरेर सबै शिक्षकलाई एकै पटक संचालन गरेकोमा रीड नेपाललाई धन्यवाद दिनुभयो ।

उँहाले तालिमलाई अबसरको रूपमा लिएर आफ्नो पेशागत विकास र सिकेको सिपलाई कक्षाकोठामा सिकाइको क्रममा प्रयोग गर्न सहभागीलाई अनुरोध गर्नु भयो ।

कार्यक्रमको उदेश्य माथि प्रकास पार्दै रीड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशीले शिक्षकको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा तालिम केन्द्रसङ्ग समन्वय गरेर शिक्षकको पेशागत विकासका साथै हौसला अभिवृद्धि गर्दै रीड नेपालको केन्द्रविन्दु बालबालिका रहेकोले सिकेको सिपलाई बालबालिकामा पुगाउन सहज होस् भन्ने उदेश्यले तालिम दिएको बताए ।

पेशागत तालिमको कार्यक्रममा बोल्दै पुर्ब अध्यक्ष रोकायाले शिक्षकका लागि तालिम अति आवश्यक भएको बताउदै समय परिस्थिति अनुसार सिकाइ गर्ने तरिकालाई परिबर्तन गर्नु पर्ने बताउनु भयो। त्यस्तै रीड नेपालका कार्यक्रम प्रवन्धक देवराज खत्रीले तालिमबाट शिक्षकको सिकाइ गर्ने तरिकामा परिवर्तन आइ बालमैत्री तरिकाले सिकाउनु पर्नेमा जोड दिए ।

नेपाल सरकारको टि.पि.डि. मोडुल अनुसार दोस्रो चरणको तालिम संचालन भैरहेको छ। तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक जनकराज जोशी र शिक्षा तालिम केन्द्रका राेस्टर प्रशिक्षक शिबराज बडुले गरिरहनु भएको रीड नेपालले जनाएको छ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.