काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन् ।
आज हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्नेछन् । उक्त खेल दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । विराटनगरको कप्तानी सन्दीप लामिछाने र जनकपुरको कप्तानी अनिलकुमार शाहले गर्नेछन् ।
एनपीएल खेल्न भारतीय क्रिकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपाल आएका छन् । एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।
एनपिएलको अक्सनमार्फत १० खेलाडी भित्राएका प्रत्येक टोलीले ४(६ विदेशी खेलाडी अनुबन्ध गरेका छन् । एक जना मार्की प्लेयर र एक आइकोनिक खेलाडीको रुपमा एनपिएल खेल्नेछन् ।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर