सोलुखुम्बु । रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा संचालित ३ दिने गणित अंग्रेजी विज्ञान र सामाजिक विषयको तालिम बुधबार सम्पन्न भएको छ ।
पालिका उप प्रमुख सबिता राईको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदीप राई शिक्षा शाखा प्रमुख गणेश गुरुधामीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै जुनुमाया राईले तालिममा धेरै कुरा सिकाइ भएको र आफुलाई शिक्षक पेशा प्रति गौरव महसुस भएको र तालिमले निकै उत्प्रेरणा मिलेको बताउदै प्रशिक्षक हरुलाई धन्यवाद दिनु भयो । त्यस्तै जीवनज्योति मा.वि. नेलेका शिक्षक देवी बहादुर बस्नेतले तालिममा सिकेका कुराहरु विद्यालयमा लाने प्रतिबद्धता व्यक्त गर्दै तालिम निकै उपलब्धीमुलक भएको बताउनु भयो ।

रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले तालिममा सहभागीहरुलाई धन्यवाद दिदै सिकेका विषयवस्तुलाई कार्यन्वयन लान अनुरोध गर्नु भयो, साथै पाठ्यक्रम योजना र मूल्यांकनमा जोड दिन आग्रह गर्दै सयुक्त अनुगमनमा आउदा केही न केही कुरा कक्षाकोठामा देख्न पाउने अपेक्षा राखेको बताउनु भयो । शिक्षा शाखा प्रमुख गणेश गुरुधामीले सिकेका सिप लागुगर्न अनुरोध गर्दै पालिकाबाट अनुगमन हुने बताउनु भयो त्यस्तै वडा अध्यक्ष महेन्द्रदीप राईले पालिकाको शिक्षामा महत्तपूर्ण लगानी रहेको भन्दै प्रतिफलका लागि शिक्षकहरुको नै महत्त्वपूर्ण भूमिका रहने बताउनुका साथै रीड नेपालको प्रसंसा गर्दै सहकार्यका लागि धन्यवाद दिनु भयो ।
पालिका उप प्रमुख सबिता राईले रीड नेपाल शैक्षिक सहयात्री रहेको भन्दै सम्पूर्ण शैक्षिक क्रियाकलापहरु रीड संग सहकार्यगर्दै गरिरहेको बताउनु भयो । उँहाले तालिममा सिकेका कुराहरु लागु गर्न आग्रह गर्दै आफु अनुगमनमा जादा अझै केहीकुरा सुधारगर्नु देखेको बताउदै आगामीदिनमा सुशार गरेर अगाडी बढ्न आग्रह गर्नु भयो । पालिकाको मुख्य ध्यान नै शिक्षा केन्द्रित भएकोले सबैले साथ् दिएर पालिकाको लक्ष्य लाई सफल पार्नु पर्ने बताउनु भयो । पालिकाको शैक्षिक गुणस्तरलाई कायम गर्न थप मिहिनेत गरेर अगाडी बढ्न आग्रह गर्नु भयो ।
पालिका भित्रका ९२ जना शिक्षकको उपस्थिति रहेको तालिममा रीड नेपालका विषय विज्ञ अभिषेक विक्रम शाह अर्पण रेग्मी बासु वाग्ले राजीव ढुंगाना सुजाता राईले तालिमको सहजीकरण गर्नु भएको थियो ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने