सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालको सयुक्त आयोजनामा थुलुङ दुधकोशी गाउँपालिकामा आज बाट ३ दिने शिक्षकको पेशागत विकास तालिम संचालन भएको छ ।
आधारभूत तहका शिक्षकलाई लक्षित गरेर संचालन गरेको तालिममा अंग्रेजी गणित विज्ञान सामाजिक र प्रविधिलाई जोड दिएर तालिम सहजीकरण गर्ने रीड नेपालले जनाएको छ ।
तालिमको उद्घाटन गाउँपालिका प्रमुख असिम राईले गर्नु भएको हो तालिम उद्घाटनमा बोल्दै प्रमुख राईले हतियारमा बेला बेला धार लगाए जस्तै: शिक्षकको पेशागत विकास र शिक्षण सिकाइ क्रियाकलापमा परिवेश अनुसार निखारता ल्याउन समय समयमा तालिम आवश्यक पर्ने भएकोले तालिमको आयोजना गरिएको बताउनु भयो ।

उँहाले पछिल्लो समय आफ्नो सम्पूर्ण ध्यान शिक्षामा केन्द्रित रहेको भन्दै शिक्षकहरुलाई आफ्नो पेशा प्रति बफादार भएर काम गर्न निर्देशन दिनु भयो । पहिलेको तुलनामा पालिकाको शैक्षिक सुधार हुदै गएको र सिकाइ उपलब्धीमा पनि वृद्धि भैरहेकोले यसलाई अझै कायम राख्नुपर्ने बताउदै शिक्षकहरुलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रसन्न दीपराईले तालिमले पेशागत विकास हुने विश्वास व्यक्त गर्दै सक्रिय भएर सिक्नका लागि अनुरोध गर्नु भयो । रीड नेपाललाई सहकार्यका लागि धन्यवाद दिदै रीड नेपालको योगदानको प्रसंसा गर्नु भयो ।

तालिम कार्यक्रमको उद्देश्य बारे प्रस्ट पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले अन्य विषयको तुलनामा अंग्रेजी, गणित, विज्ञान, विषयको सिकाइ उपलब्धी कम भएकोले तालिमको आयोजना गरिएको र यस तालिमको माध्यमबाट बालबालिकाको उक्त विषयको सिकाइ उपलब्धीमा वृद्धि हुने अपेक्षा रहेको बताउनु भयो ।

तालिमको सहजीकरण रीड नेपालका विषय विज्ञहरु अर्पण रेग्मी , अभिषेक विक्रम शाह , बासु वाग्ले, राजीव ढुंगाना, सुजाताराईले गरिरहनु भएको छ । कार्यक्रममा पालिका भित्रका ९२ जना शिक्षकहरुको तालिममा सहभागिता रहनुका साथै कार्यक्रममा पालिका उपाध्यक्ष सबिता राई शिक्षा प्रमुख गणेश गुरुधामी वडा अध्यक्षहरु र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।



सम्वन्धित समाचार
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै
कांग्रेसमा फुटः दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
अध्यक्ष पदमा अधिवक्ता सरोज निरौला निर्वाचित
यात्रुले जहाजको आपतकालीन ढोका खोलेपछि
दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफलमा जुटे देउवा
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै