सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका र रीड नेपालको सयुक्त आयोजनामा थुलुङ दुधकोशी गाउँपालिकामा आज बाट ३ दिने शिक्षकको पेशागत विकास तालिम संचालन भएको छ ।
आधारभूत तहका शिक्षकलाई लक्षित गरेर संचालन गरेको तालिममा अंग्रेजी गणित विज्ञान सामाजिक र प्रविधिलाई जोड दिएर तालिम सहजीकरण गर्ने रीड नेपालले जनाएको छ ।
तालिमको उद्घाटन गाउँपालिका प्रमुख असिम राईले गर्नु भएको हो तालिम उद्घाटनमा बोल्दै प्रमुख राईले हतियारमा बेला बेला धार लगाए जस्तै: शिक्षकको पेशागत विकास र शिक्षण सिकाइ क्रियाकलापमा परिवेश अनुसार निखारता ल्याउन समय समयमा तालिम आवश्यक पर्ने भएकोले तालिमको आयोजना गरिएको बताउनु भयो ।

उँहाले पछिल्लो समय आफ्नो सम्पूर्ण ध्यान शिक्षामा केन्द्रित रहेको भन्दै शिक्षकहरुलाई आफ्नो पेशा प्रति बफादार भएर काम गर्न निर्देशन दिनु भयो । पहिलेको तुलनामा पालिकाको शैक्षिक सुधार हुदै गएको र सिकाइ उपलब्धीमा पनि वृद्धि भैरहेकोले यसलाई अझै कायम राख्नुपर्ने बताउदै शिक्षकहरुलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रसन्न दीपराईले तालिमले पेशागत विकास हुने विश्वास व्यक्त गर्दै सक्रिय भएर सिक्नका लागि अनुरोध गर्नु भयो । रीड नेपाललाई सहकार्यका लागि धन्यवाद दिदै रीड नेपालको योगदानको प्रसंसा गर्नु भयो ।

तालिम कार्यक्रमको उद्देश्य बारे प्रस्ट पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले अन्य विषयको तुलनामा अंग्रेजी, गणित, विज्ञान, विषयको सिकाइ उपलब्धी कम भएकोले तालिमको आयोजना गरिएको र यस तालिमको माध्यमबाट बालबालिकाको उक्त विषयको सिकाइ उपलब्धीमा वृद्धि हुने अपेक्षा रहेको बताउनु भयो ।

तालिमको सहजीकरण रीड नेपालका विषय विज्ञहरु अर्पण रेग्मी , अभिषेक विक्रम शाह , बासु वाग्ले, राजीव ढुंगाना, सुजाताराईले गरिरहनु भएको छ । कार्यक्रममा पालिका भित्रका ९२ जना शिक्षकहरुको तालिममा सहभागिता रहनुका साथै कार्यक्रममा पालिका उपाध्यक्ष सबिता राई शिक्षा प्रमुख गणेश गुरुधामी वडा अध्यक्षहरु र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।



सम्वन्धित समाचार
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री कार्कीले चलचित्र विधेयक पेस गर्ने