काठमाडौं । सरकारले आज १०औं उद्योग दिवस मनाएको छ । ‘उद्यमशील संस्कृतिः राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ उद्योग दिवस मनाइएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आज १०औं उद्योग दिवसको कार्यक्रम भएको हो ।
१०औं उद्योग दिवसको दिन उद्योग मन्त्री दामोदर भण्डारीले निजीलाई सँगै राखेर सरकराले निजी क्षेत्रको समस्या समाधान गर्दै जाने बताएका छन् । उद्योग दिवसमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसघ र नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरुको उपस्थिती रहेको थिए ।
मन्त्रीले भने, ‘निजी क्षेत्रको समस्या समाधानको लागि सरकार तयार रहेको छ । हामी चरण चरणमा बसेर छलफल गर्न सक्छौं । विश्वमा पनि औद्योगिक क्रान्तिबाट मात्रै देश विकास भएको देखिएको छ । नेपालले पनि औद्योगीक क्रान्ति गर्नुपर्छ । त्यसका लागि भएका समस्या समाधान गर्नका लागि म तयार छु । यो सरकार नीतिगत सुधारको लागि लाग्ने छ ।
दुई ठूला पार्टी मिलेर सरकार बनेको पनि देशमा सकारात्कम परिवर्तन गर्नका लागि हो । लगानीका लागि बाधक रहेका कानुनलाई संशोधन सरकारले गर्ने छ ।’
निजी क्षेत्रका तर्फबाट उद्योगी राजेशकुमार अग्रवालले भने, ‘भुटान बिट क्वाइन माइनीङ गर्ने ५औं ठूलो देश हो । त्यहाँ विद्युतको उत्पादन राम्रो छ । हामीले विट क्वाइन प्रयोग नगरेपछि माइनीङ गर्न सक्छौं । त्यो कुरा राज्यले बुझ्न आवश्क रहको बत़ाए । नेपालमा उद्योग स्थापना गर्न पनि प्रक्रिया लामो र झ्न्झटीलो रहेको छ । राज्यले यस तर्फ पनि ध्यान दिन आवश्यक रहको छ । नेपालमा बस्तु उत्पादनको लागत पनि महंगो रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैधेले देशको आर्थिक अवस्था पछिल्लो २ वर्षदेखि खराब रहेको बताए ।
उनले भने, ‘अहिले उद्योगले गर्ने बस्तु उत्पादन कटौती भैरहेको छ । बस्तु उत्पादनको लागत वृद्धि भइरहेको छ । तयारी बस्तुभन्दा कच्चा पदार्थको मुल्य एक तह कम हुनु पर्ने हो । तर, त्यस्तो छैन । सरकारले उत्पादनभन्दा पनि आयातमूखी अर्थतन्त्र तर्फदेश अगाडि बढिरहको देखिन्छ ।
नेपालमा हाल उद्योग विभागको तथ्यांक अनुसार ९ हजार ५ सय १९ वटा उद्योगहरु रहेका छन् । जसमा ठूला १ हजार ४ सय १९, मझौला २ हजार १ सय ३९ र साना ५ हजार ९ सय ६१ रहेका छन् ।
१९९२ मंसिर ९ गते नेपालमा पहिलोपटक उद्योग परिषद स्थापना भएको दिनलाई स्मरण गर्दै २०७२ सालदेखि उद्योग दिवस मनाउन थालिएको हो । २०७१ साल चैत २० गते मन्त्रिपरिषद बैठकले मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप