छाउपडी प्रथा विरुद्धमा धामी/पुजारी सचेतना कार्यक्रम सम्पन्न



बझाङ। गरिमा परियोजनाले बझाङको खप्तडछान्ना गाँउपालिकामा छाउपडी प्रथा विरुद्धमा धामी/पुजारी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा लामागडाका महिला, किशोरी तथा वडा न- ७ का वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा पुजारी प्रेम रोकायाले महिनावारिलाई फुल फुल्ने प्रक्रियासँग दाजेर, फुल चाही देउतालाइ चड्ने, शुद्ध हुने तर महिनावारी अशुद्ध हुने हुदैन, त्यस्तै: पाटादेवलका धामी भिम बहादुर थापाले छाउपडी प्रथा विरुद्ध बिभिन्न कार्यक्रममा सहभागी भएपछी बिगत २ वर्ष देखि आफ्नी बुहारी र नातिनि महिनावारीका बेला घर भित्र सुत्ने गरेको र दुध, दहि र महि खान दिने गरेको बताएका छन् ।

धामी थापाले आफ्नो घरमा केहि नभएको, गाइ, भैसीले दुध दिईराखेको नै छ । उँहाले महिलाहरुलाई पनि महिनावारीका बेला घरभित्रै बसी दुध दहि खान अनुरोध गरे।

त्यस्तैगरी धामी नवराज थापाले पहिले श्रीमती छोरी बुहारिलाई महिनावारिको बेला बाहिर सुताएर, पोसिलो खानेकुरा नदिएर पाप गरेको जस्तै: लागेर अहिले आफुले घरमा भित्रै रख्ने गरेको पोसिलो खानेकुरा दिने गरेको र सबैलाइ महिनावारी हुदा भेदभाब नगर्न आग्रह गर्नुका साथै यदि दूध दहि खाएर कसैको गाई वस्तुलाइ केही भयो भने कसैले प्रमाणित गर्छ भने हामी तेस्को भरपाई गर्न तयार रहेको बताए ।

धामी समशेर रोकायले आफ्नो अनुभवमा धामीहरुले भन्दा महिलाहरु नै परिवर्तन गर्न डराएको र परिवर्तन गर्न नसकेकाले आफुहरु परिवर्तनका लागि आत्मसात गरि हातेमालो गर्न तयार रहेको र छाउपडी प्रथाको अन्त्यका लागि धामी हरुको तर्फबाट कुनै अवरोध नहुने बताए ।

कार्यक्रममा महिला संजालकि अध्यक्ष  प्रमिला रोकायाले आफ्नो घरमा कुनै पनि महिनावारी विभेद नरहेको र सबै महिलाहरुलाई यो अभियानमा हातेमालो गर्न अनुरोध गर्नुका साथै रोकायाले बिगत २ बर्षदेखी आफ्नो घरमा महिनावारी व्यवहारमा धेरै परिवर्तन आएको र दुध दहि पनि खान थालेको साथै गाई बस्तुलाई केहि नभएकाले उपस्थित महिलाहरुलाई पनि आफ्नो स्वास्थ्यको उचित स्यहार गर्न प्रेरित गरिन ।

कार्यक्रममा उपस्थित धामीहरुले महिनावारीको बेला पोसिलोखाने कुरा खाँदा, नियमित सरसफाई गरेर घर भित्र बस्दा ,दुध, दहि महि खादा देउता रिसाउदैनन भनेका छन् ।

उक्त कार्यक्रममा १०० जना महिला तथा किशोरीहरुको उपस्थिति रहेको गरिमा परियोजनाले जनाएको छ ।

छाउपडि प्रथा अन्त्य, भेदभाव रहित सुरक्षित महिनाबारी र प्रजनन स्वास्थ्य लगाएत समाजमा रहेका सामाजिक कुरिती बिभेदहरु हटाउन गरीमा परीयोजनाले काम गदै आएको छ ।

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.