साेलुखुम्बु । साेलुखुम्बुकाे नेचासल्यान गाउँपालिकामा संचालित ३ दिने विषयगत तालिम आज सम्पन्न भएको छ ।
रीड नेपालको आयोजना तथा नेचा सल्यान गाउँपालिकाको समन्वय तथा सहकार्यमा संचालित शिक्षकको पेशागत विकास तालिम हिमाल दर्शन मा वि नेचामा सम्पन्न भएको हो ।
तालिम समापन रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका उप प्रमुख विना राईको प्रमुख आतिथ्यतामा गरिएको थियो ।
तालिम समापन कार्यक्रमा सहभागी शिक्षकहरु तुलसा आचार्य, कमला दाहाल होम कटेल लगाएतले मन्तव्य राख्दै तालिम अवधी छोटो भएता पनि महत्तपूर्ण कुराहरु सिकेको भन्दै सिकेका सीपलाई विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै: शिक्षा शाखा प्रमुख माधवमणि ढुंगानाले सिकेका सिप व्यवहारमा उतार्न आग्रह गर्दै आयोजक रीड नेपाललाई तालिम संचालनका लागि धन्यवाद व्यक्त गरे । पालिका उप प्रमुख विना राईले शिक्षामा रीड नेपालको भूमिका अतुलनीय रहेको भन्दै तालिम प्रभावकारी रहनुका साथै शैक्षिक सुधारका लागि रीड संग सहकार्य गरेर अगाडी बढिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुका साथै शिक्षकहरुलाई सिकेका कुरा व्यवहारमा लागुगर्न आग्रह गर्नु भयो ।
रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले तालिमले मार्ग निर्देशन गर्ने भएकोले तालिमबाट पुरा नभएका अपेक्षाहरुलाई शिक्षक आफैले पनि खोज अनुसन्धान गरेर सिक्न सकिने बताउदै ICT को प्रयोगमा जोड दिएर शिक्षण गर्न आग्रह गर्नु भयो ।

उहाँले रीड नेपालको केन्द्र विन्दुको रुपमा बालबालिका रहेकाले शिक्षक तालिम मार्फत बालबालिकाको सिकाइ उपलब्धी बढाउन तालिम आयोजना गरिएको बताउदै तालिम बाट सिकेका कुरालाई स्टाफ बीच सियर छलफल गरी प्रभावकारी ढंगले कार्यान्वयनमा जोड दिन सुझाव दिनु भयो ।
तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक अभिषेक विक्रम शाह, अर्पण रेग्मी, राजीव ढुंगाना, वासु वाग्ले र सुजाता राईले गर्नुका साथै तालिममा अंग्रेजी गणित विज्ञान, सामाजिक विषयलाई समावेश गरिएर प्रशिक्षण गरिएको रीड नेपाल शिक्षा विकास अधिकृत सुजाता राईले बताउनु भयाे।
तालिममा पालिका भित्रका सबै विद्यालयका ६५ जना शिक्षकक सहभागिता रहेको रीड नेपालले जनाएको छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा