काठमाडौं। नेपाली कांग्रेसले सांसद राजेन्द्र बजगाईंलाई बुधबारभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेका बारेमा सामाजिक सञ्जालमा बोलेका र लेखेका बारेमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
मन्त्री पाण्डेले गत साता बजगाईंलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका थिए । मन्त्री पाण्डेले भैरहवामा क्यासिनोको लाइन्सेन्स दिने क्रममा मन्त्रीले घुस खाएको आरोप लगाएका थिए ।
महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढु्ंगानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मंगलबार मौखिक स्पष्टीकरण लिएका छन् ।
‘उनले बोलेको कुरालाई पार्टीले मौखिक स्पष्टीकरण लियो । लिखित रुपमा स्पष्टीकरण बुझाउनका लागि भोलिसम्मको समय दिइएको छ,’ कांग्रेस पार्टी कार्यालय स्रोतले भन्यो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै