सोलुखुम्बु । रीड नेपालको आयोजना तथा नेचासल्यान गाउँपालिकाको समन्वयमा आजबाट तालिम सुरु भएको छ । तालिम हिमाल दर्शन मा.वि. नेचामा ३ दिन सम्म चल्ने भएको हो ।
तालिम विशेष: अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयहरुमा केन्द्रित रहेने भएको छ ।
रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका उप-प्रमुख बिना राईको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख माधवमनी ढुंगानाको उपस्थितिमा तालिमको उद्घाटन गरिएको हो ।

उद्घाटन सत्रमा बोल्दै पालिका उप-प्रमुख बिना राईले रीड नेपालको शिक्षामा महत्त्वपूर्ण योगदान रही आएको बताउदै धन्यवाद ज्ञापन गर्नु भयो । उँहाले सहभागीलाई सक्रिय रुपमा सहभागी भएर सिकेको सिप विद्यालयमा लागु गर्न आग्रह गर्नु भयो ।
त्यस्तै शिक्षा शाखा प्रमुख माधवमनी ढुंगानाले सरकारले गर्नु पर्ने काम रीड नेपालले गरिरहेको भन्दै प्रसंसा गर्नुका साथै रीड नेपालको लगानीको प्रतिफल SEE मा पनि देखिएको बताउदै निरन्तर सहयोग सहकार्यको अपेक्षा व्यक्त गरेका थिए ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले अंग्रेजी, गणित र विज्ञानमा सिकाइ उपलब्धी अझै कम भएकोले उक्त विषयको तालिमको आयोजना गरिएको बाताउनु भयो । तालिममा लैंगिक समानता अपांगता तथा सामाजिक समावेशीकरण र टेक्नोलोजिलाई पनि समेटिने रीड नेपालले बताइएको छ ।
तालिमा नेचासल्यानका ६३ जना शिक्षकहरुको उपस्थिति रहेको छ तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक अभिषेक विक्रम शाह , अर्पण रेग्मी , बासु वाग्ले , राजीव ढुंगाना ले गरिरहनु भएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै