काठमाडौं । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले कर्नाटकविरुद्ध पहिले ब्याटिङ गर्दैछ। नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोली विरुद्ध ब्याटिङ सुरु गरेको हो ।
यसअघि भएको पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला २-१ को अग्रता बनाएर खेलिरहेको छ ।
आइतबार भएको तेस्रो अभ्यास खेलमा नेपाल १२१ रनले विजयी भएको थियो । आजको खेल जितेमा नेपालले एक खेल बाँकी हुँदै शृङ्खला नै जित्नेछ । अन्तिम खेल बिहीबार हुनेछ । यो चौथो खेल हो ।
आउँदै गरेको एसीसी यू-१९ एसिया कपको तयारीका लागि नेपाली युवा टोलीले घरेलु मैदानमा एकदिवसीय अभ्यास सिरिज खेलिरहेको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै