काठमाडौं । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले कर्नाटकविरुद्ध पहिले ब्याटिङ गर्दैछ। नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको कर्नाटक यू-१९ टोली विरुद्ध ब्याटिङ सुरु गरेको हो ।
यसअघि भएको पहिलो खेलमा हार ब्यहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला २-१ को अग्रता बनाएर खेलिरहेको छ ।
आइतबार भएको तेस्रो अभ्यास खेलमा नेपाल १२१ रनले विजयी भएको थियो । आजको खेल जितेमा नेपालले एक खेल बाँकी हुँदै शृङ्खला नै जित्नेछ । अन्तिम खेल बिहीबार हुनेछ । यो चौथो खेल हो ।
आउँदै गरेको एसीसी यू-१९ एसिया कपको तयारीका लागि नेपाली युवा टोलीले घरेलु मैदानमा एकदिवसीय अभ्यास सिरिज खेलिरहेको छ ।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर