काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।
उनीहरुले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका वडा नं १६ को अध्यक्षमा तालमेल गर्ने सहमति गरेका हुन् ।
सहमतिअनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई नेकपा एकीकृत समाजवादीले सघाउनेछ । काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एसका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।
सहमतिपत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।
कीर्तिपुरमा मेयरसँगै वडा नं १ र ४ को अध्यक्षको पनि उपनिर्वाचन हुँदैछ । जसमा माओवादीले दुइटै वडामा उम्मेदवारी घोषणा गरिसकेको छ भने एकीकृत समाजवादीले वडा नम्बर ४ मा मात्रै उम्मेदवारी टुंग्याएको छ ।




सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर