काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्।
सामुदायिक समाजवादको बहसमा बोल्दै भ्रष्टाचार विरोधी अभियान चलाउन आवश्यक रहेको बताए।
उनले भने, भ्रष्टाचारविरोधी अभियान, राज्यबाट प्रधानमन्त्री र गृहमन्त्रीले गरेर मात्रै हुँदैन। देशव्यापी रुपमा अभियान चलाउनुपर्नेछ। म त्यसको नेतृत्व गर्न तयार छु।
सबैको साथ र सहयोग आवश्यक छ। भ्रष्टाचारविरोध अभियान नयाँ समाजवादी आन्दोलनसँग जोडिन जरुरी रहेको छ।
उनले संविधानमा भएको सीमाहरुलाई पनि परिमार्जित गर्दै समाजवादको नयाँ यात्रामा लैजाने जमर्को गरिरहेको बताए।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै