काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी अभियानको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्।
सामुदायिक समाजवादको बहसमा बोल्दै भ्रष्टाचार विरोधी अभियान चलाउन आवश्यक रहेको बताए।
उनले भने, भ्रष्टाचारविरोधी अभियान, राज्यबाट प्रधानमन्त्री र गृहमन्त्रीले गरेर मात्रै हुँदैन। देशव्यापी रुपमा अभियान चलाउनुपर्नेछ। म त्यसको नेतृत्व गर्न तयार छु।
सबैको साथ र सहयोग आवश्यक छ। भ्रष्टाचारविरोध अभियान नयाँ समाजवादी आन्दोलनसँग जोडिन जरुरी रहेको छ।
उनले संविधानमा भएको सीमाहरुलाई पनि परिमार्जित गर्दै समाजवादको नयाँ यात्रामा लैजाने जमर्को गरिरहेको बताए।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप