साेलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाको हिमालय मा. वि. बासामा विहीबारबाट ३ दिने शिक्षकको पेशागत विकास सम्बन्धी तालिम सुरू भएको छ ।
रीड नेपालको आयोजना तथा माप्या दुधकोशी गाउँपालिकाको समन्वय तथा सहकार्यमा संचालित कार्यक्रममा पालिका, अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग संचालन भएको छ । पालिका भित्रका २० ओटा विद्यालय रीडनेपाल र बाँकी विद्यालय पालिका मार्फत तालिममा सहभागी गरिएका हुन् । तालिममा ७१ जना शिक्षकहरुको उपस्थिति रहनुका साथै तालिममा सामाजिक, प्रविधि, अंग्रेजी, गणित र विज्ञान विषयलाई समेटेर तालिम संचालन भैरहेको छ ।
उक्त तालिमको उद्घाटन रीड नेपालका शिक्षा कार्यक्रम प्रवन्धक पदम महरको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख अतिथ्यतामा र पालिका उपाध्यक्ष गौरव राई, शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईको उपस्थितिमा भएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि तथा पालिका अध्यक्ष राईले रीड नेपालको शैक्षिक क्षेत्रमा महत्तपूर्ण योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो । शिक्षक हरुलाई प्रविधिसंग अपडेट हुदै सिकेका सिप व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
कार्यक्रमको उदेश्य माथि प्रकास पार्दै रीड नेपालका शिक्षा विकास केशव देव गिरीले अहिलेको परिवेश शिक्षकको आवश्यकतालाई मध्यनजर गर्दै तालिमको आयोजना गरेको बताए । उहाँले विशेष गरी गणित विज्ञान र अंग्रेजी विषयको सिकाइ उपलब्धी निम्न भएकोले उक्त विषयहरुलाई फोकस गरेर तालिमको आयोजना गरेको र रीड नेपालको केन्द्रविन्दु बालबालिका रहेकोले सिकेको सिप बालबालिका सम्म पुगोस भनेर शिक्षकलाई तालिम दिएको बताए ।
पेशागत तालिमको कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईले शिक्षकका लागि तालिम अति आवश्यक भएको बताउदै समय परिस्थिति अनुसार नयाँ नयाँ कुराहरु अपडेट हुने भएकोले बेला बेला तालिम संचालन हुनु पर्ने बताउदै आयोजकलाई धन्यवाद दिए ।
त्यस्तै रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक पदम महरले तालिमबाट बालबालिकाको व्यवहारमा परिवर्तन आउनुपर्ने बताउदै समावेसी शिक्षा आजको आवश्यकता बताउदै अपांगता भएका बालबालिकाहरुलाई विद्यालयको पहुचमा पुर्यायर समावेसी व्यवहार गर्दै सिकाउनु पर्नेमा जोड दिए ।
तालिममा लैंगिक समानता अपांगता तथा सामाजिक समावेशीकरण बाल सुरक्षा बालमैत्री शिक्षण विधि लैंगिकमैत्री विद्यालय वातावरण निर्माण पाठ्यक्रम पाठयोजना निर्माण र प्रभावकारी नियमित सिकाइ मूल्याङ्कन आइ.सी.टी. लगाएतका विषय वस्तु समावेश गरिने आयोजकले जनाएको छ ।
तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक अभिषेक विक्रम शाह , अर्पण रेग्मी, बासु वाग्ले, विष्णु उपाध्याय , राजीव ढुंगाना लगाएतले गरिरहनु भएको रीड नेपालका शिक्षा विकास केशव देव गिरीले बताए ।
यही प्रकृतिको तालिम कार्यक्रम लागू भएका अन्य पालिकामा पनि संचालन गर्ने रीडनेपालले जनाएको छ ।
सम्वन्धित समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र