काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा १३ मंसिरमा बेइजिङ जाने भएकी छिन् ।
परराष्ट्र स्रोतका अनुसार समकक्षी वाङ यी को निमन्त्रणमा उनी चीनको राजधानी जान लागेकी हुन् ।
राणाले मंगलबार परराष्ट्र मन्त्रालयमा सचिव लगायत विभिन्न कर्मचारीलाई बोलाएर भ्रमण तयारीका लागि छलफल गरेकी थिइन् । उनले सोमबार चिनियाँ राजदूत चेन सोङसँग मन्त्रालयमा छलफल गरेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर तेस्रो साता गर्ने चीन भ्रमणको तयारीका लागि राणा बेइजिङ जान लागेकी हुन् ।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर