काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन् । पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका रास्वपाका सांसदसहित कार्यकर्ताहरु पक्राउ परेका छन् ।
प्रहीले बालुवाटारस्थित नेपाल हाउसको अगाडिबाट सांसद अशोककुमार चौधरीसमेत केही नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।
त्यस्तै पक्राउ पर्नेहरूमा काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, ताप्लेजुङ जिल्ला सभापति वीरेन्द्र कुमार श्रेष्ठसहित १७ जना छन् ।
शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले धरपकड गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध भन्दै रास्वपाले प्रदर्शन गरेको हो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै