बाढी-पहिरो प्रभावित क्षेत्रमा तीव्ररुपमा राहत वितरण भइरहेको छः गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढी-पहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताएका छन  । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको १४ औं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा गृहमन्त्री लेखकले बाढी(पहिरो प्रभावित क्षेत्रमा तीव्रताका राहत वितरणको काम भइरहेको बताए।

बाढी पहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै उक्त पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको उनले बताए । उनका अनुसार विहिबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्यकारी समितिको बैठकबाट अति क्षति भएको पालिकालाई एक करोड, मध्ये क्षति भएका पालिकालाई ७५ लाख र कम क्षति भएको पालिकालाई ५० लाख दिने निर्णय भएको छ ।

असोज दोस्रो साताअघि भएको विपद्ले निम्त्याएको घटनामा पुनर्स्थापना र पुनर्निर्माणको काम भइरहेको उनको भनाइ छ ।   एक वर्षयताका विपद्का घटनाको सम्बोधन हुने गरि निर्णय गर्न आवश्यक छ । पुनर्स्थापना र पुनर्निर्माणमा जाजरकोट भूकम्पदेखिकै विषयलाई समेट्नुपर्छ, गृहमन्त्री लेखकले बताए । विपद्मा सीमित स्रोत साधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो काम गरेको भन्दै गृहमन्त्री लेखकले थप स्रोत साधनको आवश्यकता औँल्याए।

साथै उनले विपद् प्राधिकरणलाई सातै प्रदेशमा स्थापना गर्नुपर्नेमा उनले जोड दिए । बैठकमा असोज दोस्रोसाता आएको विपत्तिमा नेतृत्वदायी भूमिका खेलेको भन्दै भौतिक पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री लगायतले गृहमन्त्री लेखकको प्रसंशा गरेका थिए । गृहमन्त्री लेखकको समन्वयकारी भूमिकाले अवरुद्ध सडक र खानेपानी संचालनमा ल्याउनका तथा घाइतेको निस्शुल्क उपचार गराउन सहज भएको मन्त्रीहरुको भनाइ थियो ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.