काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले शुक्रबार रास्वपा सभापति रवि लामिछानेसँगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालत कास्कीले सहकारी ठगीमा लामिछानेसहित ठुलो सङ्ख्यामा पक्राउ अनुमति दिएको पहिलो पटक हो ।
जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो । जिल्ला जिल्लाले लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो ।
जिल्ला अदालतले बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको अनुमति पत्रमा उल्लेख छ।
पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रास्वपा कार्यालय वनस्थली पुगेको छ । लामिछानेलाई आजै पोखरा लगिने समेत स्रोतले जनाएको छ ।



सम्वन्धित समाचार
नेकपाका केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै
विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर