काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले शुक्रबार रास्वपा सभापति रवि लामिछानेसँगै १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालत कास्कीले सहकारी ठगीमा लामिछानेसहित ठुलो सङ्ख्यामा पक्राउ अनुमति दिएको पहिलो पटक हो ।
जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो । जिल्ला जिल्लाले लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो ।
जिल्ला अदालतले बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको अनुमति पत्रमा उल्लेख छ।
पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रास्वपा कार्यालय वनस्थली पुगेको छ । लामिछानेलाई आजै पोखरा लगिने समेत स्रोतले जनाएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै