काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।
“अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरु आ-आफ्नो कार्यक्षेत्रमा खटिनोस्।”- कोइरालाले भने ।
कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरुलाई न्याय गर्ने कुरामा आफुले भनेजति काम गर्न नसकेको समेत बताए ।
बिराटनगर स्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरुसँग भेटघाट गर्ने क्रममा कोइरालाले नेतृत्वमा नपुगी केहि गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।
कोइरालाले २०८२ मंसिर भित्रै पन्ध्रौं महाअधिवेशन हुनुपर्ने बताए। समयमै महाधिवेशन हुन नसके सिंगो कांग्रेस पार्टी नै धरासयी बन्ने भन्दै सोही समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उनले जिल्ला-जिल्लाका नेताहरूलाई निर्देशन दिए ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?