काठमाडौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पन्ध्रौं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कन्फ्युजनमा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् ।
“अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो। त्यसको लागि तपाईंहरु आ-आफ्नो कार्यक्षेत्रमा खटिनोस्।”- कोइरालाले भने ।
कोइरालाले जतिसुकै कोशिस गरेपनि पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताहरुलाई न्याय गर्ने कुरामा आफुले भनेजति काम गर्न नसकेको समेत बताए ।
बिराटनगर स्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरुसँग भेटघाट गर्ने क्रममा कोइरालाले नेतृत्वमा नपुगी केहि गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको बताए ।
कोइरालाले २०८२ मंसिर भित्रै पन्ध्रौं महाअधिवेशन हुनुपर्ने बताए। समयमै महाधिवेशन हुन नसके सिंगो कांग्रेस पार्टी नै धरासयी बन्ने भन्दै सोही समयमै महाधिवेशन गर्ने कुरामा लाग्न उनले जिल्ला-जिल्लाका नेताहरूलाई निर्देशन दिए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै