काठमाडौँ – वरिष्ठ समाजसेवी मिङ्मा दोर्जी शेर्पाले काठमाडौँका सुकुम्वासी बस्तीका ६५ परिवारलाई सहयोग गर्नु भएको छ । हालै आएको बाढीका कारण डुबानमा परि घरबार विहीन बन्न पुगेका सुकुम्वासीहरू खुला आकाशमा रात बिताउन बाध्य भएपछि वरिष्ठ समाजसेवी शेर्पाले ६५ परिवारलाई सहयोग गर्नु भएको समाजसेवी रीता शाहीले जानकारी दिनु भयो ।
बढ्दै गएको चिसोमा समेत खुला आकाशमा रात बिताउन बाध्य हुँदा समेत राज्य तर्फबाट कुनै सहयोग नपाएको गुनासोपछि शेर्पाले ४० परिवारलाई डस्ना र २५ परिवारलाई त्रिपाल सहयोग गर्नुभएको हो । शेर्पाले सुकुम्वासी बस्तीमा सहयोग हस्तान्तरण गर्न पाउँदा आत्म सन्तुष्टि भएको बताउनु भयो । उहाँले आगामी दिनमा समेत सुकुम्वासी बस्तीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

वरिष्ठ समाजसेवी शेर्पाले केही दसैँ अघि मात्रै काभ्रेका बाढी पीडितहरूलाई दुई लाख भन्दा बढीको खाद्यान्न, त्रिपाल, डस्ना लगायतका सामग्री सहयोग गर्नु भएको थियो । उहाँले देशका दूर दराज लगायतका बस्तीहरूमा समेत विद्यार्थीहरूका लागि झोला, न्यानो कपडा, खाद्यान्न लगायतका सहयोग गर्दै आउनु भएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप