काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काग्रेस एमालेको सरकार करिब दुई तिहाईको सरकार भएको दाबी गर्नु भएको छ । सरकार परिवर्तन हुने हल्लाका पछि नलाग्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीले काग्रेस एमालेसँग करिब दुई तिहाईको सरकार रहेको उल्लेख गर्दै यो कुनै खरानीको डल्लो नभएको प्रष्ट पार्नु भएको हो ।
६९ औं प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको भ्रम नछर्न र त्यस्ता भ्रममा नपर्न आग्रह गर्नु भएको हो। उहाँले एमाले र कांग्रेस गठबन्धनको सरकार लगभग दुई तिहाइको रहेको र त्यो बलियो छ भन्ने हेक्का राख्न पनि उनले आग्रह गर्नु भयो ।
ुनेपालको राजनीति, नेपालको समाज, नेपालो अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली कांग्रेस र एमालेजस्तो पार्टीहरू मिलेर अहिले सरकार बनाएका छन् । सरकार लगभग दुई तिहाइको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन,ु ओलीले भन्नुभयो, एमाले र कांग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरूको सरकार हो यो ।’
सरकार परिवर्तनको विषयमा हल्ला चलेको प्रधानमन्त्री ओलीको भनाइ थियो । विभिन्न प्रकारका कुनाकाच्पाबाट पनि आवाज आउने गरेका छन् । म स्पष्ट भन्न चाहन्छु–अहिलेको संविधान जनतामा सार्वभौमसत्ता रहेको, जनता शक्तिको स्रोत भएको संविधान र संविधानले निर्दिष्ट गरेको अहिलेको प्रणाली यसको रक्षा गर्दै अघि बढ्नुपर्दछ । धेरै कुरामा कम्प्रोमाइज (सम्झौता) हुन सक्दछ । तर प्रणालीको कुरामा हुन सक्दैन । लोकतन्त्रको कुरामा कम्प्रोमाइज हुन सक्दैन,ु ओलीले भन्नु भयो , लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ । चुनाव गरौँ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने जनताले अर्को सरकार गठन गर्न पाउँछन्, चुनावका माध्यामबाट ।
उहाँलेचुनाव बाहिरबाट सरकार र प्रणाली परिवर्तनको कुरा स्वीकार्य हुन नसक्ने प्रष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले २०८४ सालमा निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने समेत प्रष्ट पार्नु भयो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप