काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाइदिने निर्णयको विरोध गरेकी छन् ।
फूलपातीको दिन पारेर कीर्तिपुरमा झण्डै ११ रोपनी जग्गा र त्यस भव्य पार्टी कार्यालय बनाउने शिलन्यास एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङले संयुक्त रुपमा गरेका थिए ।
जग्गासहित भवन बनाउन लाग्ने खर्च गुरुङले बेहोर्ने प्रतिबद्धता जनाएका छन् । व्यापारीले दिएको सहयोगमा पार्टी मुख्यालय बनाउने पार्टी नेतृत्वको निर्णय गलत भएको र यसले पार्टीका सदस्यको स्वाभिमानी शिर निहु¥याएको नेतृ पाण्डेले दाबी गरेकी छन् ।
पार्टीमा छ्लफल त परको कुरा सामान्य जानकारीसमेत नदिई व्यापारीको सहयोग लिनु अनुचित भएको उनको भनाइ छ । व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउने कार्य दीर्घकालमा प्रत्युपादक हुने पाण्डेले बताएकी छन् । नेतृ पाण्डे अझैपनि निर्णय सच्याउन माग गरेकी छन् ।
उनले मनमोहन र मदनले उचो बनाएको पार्टीको स्वभिमान जोगाउन माग गरेकी छन् । पाण्डे अध्यक्ष ओलीको गलत कार्यशैलीप्रती असहमति जनाउँदै आएकी छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै