काठमाडौं– संस्कृति पर्ययटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णीमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताउनु भएको छ ।
मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रातिकालीन उडानको व्यवस्था मिलाएको बताउनु भएको हो । मन्त्री पाण्डेले भन्नु भयो,बाढी पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णीमाको दिनसम्म त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल,गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको छ ।
साथै मन्त्री पाण्डेले रात्रीकालिन उडान हुने सम्पूर्ण विमानस्थलमा विहान साढे चार बजेदेखि राति अपरेशनको समयमा आवश्यकता अनुसार उडान हुने उल्लेख गर्नु भएको छ । सोही अनुसार आजबाट रात्रिकालिन उडान हुने विमानस्थल विहान ४ बजेदेखि नै खुला गरिएको छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप