पाल्पा । सिकाइ प्रवर्द्धन परियोजनाकाे आयाेजना र रम्भा गाउँपालिकाकाे समन्वयमा सात दिने ICT तालिम सम्पन्न भएकाे छ ।
परियोजना लागू भएकाे रम्भा गाउँपालिका भित्रका विद्यालयका २० जना शिक्षकहरूकाे सहभागीता रहेकाे थियोे ।
शिक्षण सिकाइ अभिवृद्धिका लागि ICT तालिम संचालनमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, शिक्षाशाखाका प्रा.स. र परियोजना प्रबन्धककाे उपस्थिति रहेकाे थियाे ।

ICT समापन कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले अहिलेकाे शिक्षा प्रविधि मैत्री शिक्षा भएकाले प्रविधि मैत्री शिक्षालाई जाेड्दार लागू गर्नुका साथै तालिममा सिकेकाे कुरालाई कक्षा काेठा देखि आफ्नो स्कुलका अन्य शिक्षकलाई पनि सिकाउन हुनु अनुराेध गर्नु भयाे । उहाँले यो परियाेजनाले शिक्षाकाे क्षेत्रमा मात्र नभइ अन्य आय-आर्जनका क्षेत्रमा पनि राम्रोकाम गरिरहेकाेमा सिकाइ परियाेजनालाई धन्यवाद व्यक्त गर्नु भयाे ।
अतिथिकाे रूपमा गाउँपालिका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले तालिममा सिकेका कुरालाई आ-आफ्नो विद्यालयमा गएर अन्य शिक्षकलाई पनि सिकाउनुका साथै सिकाइ परियाेजनाले गाउँपालिका भित्रका विशेष गरि महिलाहरूलाई कमाउने र जमाउने आत्म निर्भरका ज्ञान, सीप र तालिमहरू प्रधान गर्नु भएकाेमा परियोजनाकाे प्रसंशा गर्नु भयाे ।
रम्भा गाउँपालिकाका प्रशासकीय अधिकृत ठाकुर प्रसाद अर्यालले जसरी याे पृथ्वीबाट डाइनाेसरसहरूकाे अस्तित्व सकिए झैँ समय र परिस्थितिका साथै अहिलेकाे प्रविधिसँ जस्ले जुध्न सक्छ, त्यसले शिक्षामा आमूल परिवर्तन गर्न सकिन्छ भन्ने सामर्थ्य राख्न बताए ।
समापन कार्यक्रमका अध्यक्ष तथा सिकाई परियोजना प्रबन्धक कपील प्रसाद पुरीले याे भन्दा पहिलेका शिक्षक तालिमहरू भन्दा पृथक र फरक रहेकाले यहाँबाट सिकेका राम्रा कुरालाई आफ्नो स्कुलमा र कक्षा काेठामा लागुगर्न प्रयास गर्नु पर्ने बताए । उहाँले विद्यार्थीको सिक्ने क्षमता फरक फरक हुने भएकाले शिक्षकहरूमा सिकाउने क्षमता पनि बिबिधता हुनुपर्ने बताए ।

करूणा डचल्याण्ड, करूणा ट्रष्ट र बि.एम.जेट जर्मनीको आर्थिक सहयोगमा रीड नेपाल, ग्रीन तारा नेपाल र नेपाल दलित महिला उत्थान सघंद्वारा पाल्पा जिल्लाकाे रम्भा गाउँपालिका र रुपन्देही जिल्लाको कन्चन गाउँपालिकामा यो सिकाइ प्रवर्द्वन परियोजना सन्चालनमा रहेकाे छ ।
उक्त तालिमको सहजीकरण तालिम प्रशिक्षक प्रशान्त श्रेष्ठ, रीड नेपालका सूचना अधिकृत पुरन ओली र MEAL अधिकृत सनीसा ज्ञवालीले गरि रहनु भएको थियोे । तालिम असाेज ८ देखि १४ गते सम्म गाउँपालिकाकाे सभाहलमा भएको थियो ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप