काठमाडाै । नेपाली सेनाले बाढी, पहिरो, डुबान लगायत प्राकृतिक विपद्मा परेका ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्दार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रपलाञ्चोक, सिन्धुली, मकवापुर, ललितपुर र काठमाण्डौबाट गरी सोमबार बेलुकीसम्म ७१३ जनाको हेलिकप्टरबाट सकुशल उद्दार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
“ बीपी राजमार्ग अवरुद्ध भएर काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा अलपत्र परेका ५३२ जनाको त्यहाँबाट उद्दार गरी सुरक्षित स्थान सार्नुका साथै घाइतेहरुलाई अस्पतालसम्म पु¥याइएको छ ।” प्रवक्ता तिवारीले भन्नुभयो–“ नीजि हेलिकप्टरबाट पनि प्रभावित क्षेत्रबाट उद्दार भएको छ ।”
गत शनिबारदेखि सोमबार बेलुकीसम्म हवाइ उद्दारमा सेनाका तीन वटा हेलिकप्टर परिचालित थिए । “ हवाइ उद्दारको कार्य अन्तिम अन्तिम चरणमा पुगेको छ ।” प्रवक्ता तिवारीले भन्नुभयो–“ आवश्यकता अनुसार भोलीबाट पनि हवाइ उद्धार हुन्छ ।”
सेनाको टोलीले उद्दारसंगै हवाइ साधन मार्फत राहत सामाग्री समेत प्रभावित क्षेत्रमा पु¥याउँदै आएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरका साथै राहत वितरणको कार्य समेत गृह मन्त्रालय गरिरहेको छ ।
विपद्का घटनामा सुरक्षाकर्मीहरुले मुलुकभरका प्रभावित क्षेत्रबाट चार हजार भन्दा बढीको सकुशल उद्दार गरेको छ । सोमबार बेलुकीसम्म विपद्मा परी २०९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार विपद्का कारण अवरुद्ध राजमार्गहरु तिव्र रुपमा सुचारु भइरहेको छ । भने कतिपय बढी प्रभावित राजमार्गमामा वैकल्पिक सडक सञ्चालनमा तयारी पनि भइरहेको छ ।



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो