काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ ।
जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको समेत जनाइएको छ । रासस



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप