काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरुले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् ।
मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठक पछि हवाई कम्पनीहरुको संस्था वायुसेव सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन ।
देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम् दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ ।
बिपदका बेला राजमार्गहरु बन्द भएको र यात्रुहरु अफ्टयारो परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट विक्री गर्दा सर्वधारणलाई समस्या भएको व्यापक गुनासो पछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै