काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिनु भएको छ । सम्बद्ध निकायहरू बिच समन्वय गरी सडक तथा यातायात क्षेत्र सहज बनाउन उहाँले निर्देशन दिनु भएको हो ।
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्याउनका साथै कतिपय पुल समेत बगाए पछि उत्पन्न परिस्थितिलाई ध्यान दिई सडक मर्मत तथा व्यवस्थापनमा जुट्न उहाँको निर्देशन छ । मौसमी प्रतिकुलताका कारण उत्पन्न भएको परिस्थितिमा सबै पक्षले सहकार्य र समन्वय गरी सहज स्थिति निर्माणमा जुट्नु पर्ने पनि उहाँले बताउनु भएको छ ।
यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले देशै भरि बाढी तथा पहिरोले क्षति गरेका स्थानको सडक यातायात सहज बनाउन सडक विभाग मार्फत उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिनु भएको छ । पहिरो पन्छाई सडक सुचारु गर्न सकिने स्थानमा तुरुन्तै आवागमन सहज बनाउन मन्त्रालय तथा विभाग परिचालित भएको उहाँले जनाउनु भयो ।
यसैबिच अविरल वर्षा र बाढीका कारण २३ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले विज्ञप्ति जारै गर्दै राजमार्गका ती खण्डमा पहिरो जानका साथै अवरुद्ध भएका विभिन्न खण्डमा सडक खुलाउने प्रयास जारी रहेको जनाउनु भएको छ । मुग्लिङ पोखरा सडक खण्ड तथा मलेखु मुग्लिङ नारायढघाट सडक खण्डका पहिरो पन्छाई सडक सुचारु अवस्थामा राखिएको विज्ञप्तिमा उल्लेख छ ।



सम्वन्धित समाचार
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य